म मरे पनि सुख पाउँदिन होला : प्रचण्ड

मनिषा थापा

पिएनपिखबर : नेकपा अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायको रहेको बाँकी काम छिट्टै टुंग्याउने प्रतिबद्दता जनाएका छन्। बिहिबार शान्ति प्रक्रियाको तेह्रौं वर्ष लागेको अवसरमा आयोजित द्वन्द्वपीडितसँगको अन्तरक्रिया कार्यक्रममा उनले न्याय दिने प्रक्रिया केही ढिलो भएपनि अब बाँकी रहेका कार्य छिट्टै टुंग्याउने बताएका हुन्।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका दौरान भएका राम्रा–नराम्रा कामको जिम्मा लिने र दोषी ठहरिए सजाय भोग्न समेत् तयार रहेको बताएका छन्। उनले भने, ‘जनयुद्ध र शान्ति प्रक्रियाका क्रममा भएका राम्रा–नराम्रा कामको जिम्मा म लिन्छु । दोषी ठहर भएँ भने कारबाही भोग्न तयार छु भनेर पटक–पटक भनेको छु ।’

त्यस्तै उनले आफु मरे पनि सुख नपाउने बताएका छन्। उनले भने, ‘मैले मरे पनि सुख पाउँदिन जस्तो छ । मैले गरेको राम्रो कामको प्रशंसा र आलोचना गर्नेहरु मरेपछि हुने भए ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू