महाबौद्ध गुम्बाको मूर्ति चोरी

राष्ट्रिय समाचार समिति

भरतपुर, ८ मङ्सिर: भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष विमला गुरुङले जानकारी दिनुभयो । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उहाँले बताउनुभयो ।

गुम्बाको सेफ (दानपेटिका) तीन वर्षदेखि खोलिएको थिएन । उहाँले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताउनुभयो । बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनुका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया