रङ्गभेद विरुद्ध लड्ने भन्दै सिके राउतको आमसभा राजधानीमा

मनिषा थापा

काठमाडौँ : सीके राउत नेतृत्वको जनमत पार्टीले सिके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध सभाको नाममा शनिबार राजधानीको खुल्लामञ्चमा शक्ति प्रदर्शन गरेको थियो। शनिबार आयोजित उक्त कार्यक्रम रङ्गभेदविरुद्ध एकताका लागि भन्दै पार्टीले शक्ति प्रदर्शन गरेको थियो।

उक्त आमसभामा सिके राउतले राजतन्त्र, लोकतन्त्रण, गणतन्त्र सबै हेरेपनि देशमा रंगभेद, दमन र विभेद कायम रहेकाले प्रदर्शन गरिएको र दमन गरेकाहरु विरुद्ध आत्मसम्मान खोज्न हातमा हात मिलाएर अधि बढ्ने प्रतिबद्दता जनाए। उनले रंगभेद जति नै भएको छैन भनेपनि रंगभेद हुँदै आएको उनको भनाई छ।

सो कार्यक्रममा सहभागिताका लागि विभिन्न स्थानबाट जुसुलका निकालिएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘नो रेसिजम’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । सरकारसँग सम्झौता गरेर मुलधारको राजनीतिमा आएका राउतले जनमत पार्टी बनाउनुका साथै १४ मंसिरमा हुने उपचुनावमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी समेत् दिइएको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू