‘भाइरल’ तरकारीवालीले गरिन् विवाह !

मनिषा थापा

काठमाडौँ : तरकारीवाली नामले परिचित कुसुम श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएकी छिन्। तरकारीवाली गत शुक्रबार विवाह बन्धनमा बाँधिएकी हुन् । उनले विवाह गरेको फोटो सामाजिक सञ्जालमा व्यापक भाइरल भईरहेको छ।

पछिल्लो समय गुमनाम रहेकी उनले धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी छिन् । गोरखाको भुम्लीचोककी कुसुम श्रेष्ठले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’को चर्चा चुलिएको थियो।

त्यपछि त उनी ‘सेलेब्रिटी’नै बनिन् । यसपछि उनलाई म्युजिक भिडियो र फिल्म खेल्ने अफर आयो । तर, उनले सबैलाई अस्विकार गरिरहिन् । रत्ननगरको टाँडीमा १२ पढ्दै गरेकी उनले ‘पढाइ बिग्रिने डरले’ म्युजिक भिडियो र फिल्ममा रुचि नदेखाएको बताइन् । तर उनले पछि गोपालचन्द्र लामिछानेले निर्देशन गरेको फिल्म लम्फुमा खेलिन् । तर फिल्मले उनलाई चर्चा दिलाउन सकेन । फिल्म फ्लप भयो । त्यसपछि उनले पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ मा अभिनय गरिन्।

प्रतिक्रिया