‘पुर्खाले नालापानीका लागि लडे अहिले हामी कालापानीका लागि लड्दैछौ’

मनिषा थापा

काठमाडौँ : भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगायतका नेपाली भूमी समेतलाई समेटी राजनितिक नक्सा सार्वजनिक गरेको विरोधमा प्रदर्शन गर्न सडकमा उत्रीएका अधिवक्ता स्वागत नेपालले सरकारलाई भारतीय एजेन्ट बताएका छन्। भारतीय एजेन्ट भएकै कारण मिचिएको जग्गाबारे आवाज उठाउँन नदिएको उनले गुनासो गरे।

यस उनले भने, ‘पुर्खाले नालापानीका लागि लडे अब हामी कालापानीका लागि लड्ने छौ। अब वास्तविक लड्ने बेला आएको छ।’ सरकारले भूमि मिचिएको विवाद नसुल्झाई जनतालाई भुल्याउन सरकारले मन्त्री पुर्नगठन गरेको उनको आरोप छ।

नेपाललाई गत शनिबार अपराह्न राजधानीको माइतीघर मण्डलाबाट शुरु भएको विरोध र्‍याली भारतीय दूतावास अगाडि पुगेको थियो । शोही ठाउँबाट प्रहरीले अधिवक्ता नेपाल, परिवर्तनका लागि हाम्रो आवाजका संयोजक साजन विश्वकर्मा, मिशन नेपाली, हन्ड्रेडस ग्रुप सहितको टोलीलाई नियन्त्रणमा लिई तिनकुनेस्थित छाडेको थियो। प्रहरीको गाडीबाटै स्वागत नेपालले ‘मोदी हिन्दु आतंकबादी हुन्’ र ‘गो ब्याक इन्डिया’ भन्दै नारा लगाएका थिए। बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू