बली प्रथा रोक्न गढीमाई पुगेका अभियान्तालाई मासु खाँदै गरेको देखेपछि स्थानीयले पारे र्याखर्याख्ती

मनिषा थापा

काठमाडौं : पशुबली विरुद्ध आवाज उठाउँदै बारा पुगेका अभियानकर्ताहरुको स्थानीयसँग विवाद परेको भिडियो यति बेला सामाजिक संजालमा व्यापक भाइराल भईरहेको छ। उक्त भिडियोमा केहि अभियान्ताहरु होटलमा खाना खाइरहेको देखिन्छ। त्यही सँगै बस्ने अरु बाराका स्थानीयहरुले बली रोक्न आएका व्यक्ति नै मासु खाइरहेको भन्दै चर्को विरोध गरेका छन्।

यति मात्र हैन उक्त होटेलको माहोल यति तात्यो कि सुरक्षाकर्मीलाई वातावरण शान्त पार्न हम्मेहम्मे परेको छ। भिडियोमा उग्ररुपमा प्रस्तुत हुँदै स्थानियले उनीहरुलाई होटलबाट लखेट्दै बाहिर निकाल्दै गरेको देख्न सकिन्छ।

५ वर्षमा एकपटक मात्रै लाग्ने गढीमाई मेला गत हप्ता देखि शुरु भएको छ। बाराको बरियापुरमा अबस्थित गढीमाई मन्दिरमा उक्त मेला लाग्ने गर्छ जसमा पशुबली दिईने प्रथा छ। भनिन्छ सो मन्दिरमा दर्शन गर्नाले मानिसको मनोकामना पुरा हुने गर्छ। हो ।

गढ़िमाई मेला लाग्दा पशुबाली दिईने प्रथा गलत हो भन्दै विरोध गर्ने हरुपनि धेरै देखिन्छन तर आजसम्म यो प्रथा भने निरन्तर चल्दै आएको छ। यस वर्ष पनि शुरु भएको गढीमाई मेलामा हुँदै आएको पशुबली विरुद्ध आवाज उठाउँदै सामाजिक संजालमा भाइरल भएको उक्त भिडियोमा देखिएको अभियानकर्ताहरु बारा पुगेका छन्।

हेर्नुहोस उक्त भाइरल भिडियो :

प्रतिक्रिया