प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बिहानदेखि सो सेन्टरमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको दिउँसो एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको थियो ।

प्रतिक्रिया