निर्मल मगरातीलाई चमार, दलित भन्दै नेकपाका नेताले फोनमै यसरी धम्काए

मनिषा थापा

पिएनपिखबर : हाम्रो देश आज जति नै छुवाछुत मुक्त छ भने पनि अन्त्य भने भएको छैन। संविधानमा जातीय भेदभाव तथा छुवाछूतलाई सामाजिक रूपमा अपराध र कानुनी रूपमा दण्डनीय साथै सार्बजनिक रूपमा मात्र नभई निजी क्षेत्रमा समेत छुवाछूत गर्न नपाइने भनि लेखिएको छ तर व्यवहारमा भने अझै देखिएको छैन।

देश विकास गर्छु भन्दै जनताको प्रतिनिधत्व गरेका व्यक्तिले नै भेदभाव, अपहेलना गरेको जस्तो घटनाहरु पनि बेलाबखतमा बाहिरिने गर्छ। त्यस्तै गोर्खा लखन गाउपालिका प्रतिष्ठित समाजसेवी , स्थानीय नेता तथा समाजसेवी उतरकुमार श्रेष्ठले सोही गाउँ निवासी होचा पुडका संघका अध्यक्ष निर्मल कुमार मगराती सार्कीलाई सामान्य विषयमा फोनमा कुरा गर्दा दलित, सार्की जस्ता शब्द प्रयोग गर्दै गालीगलौज गर्नुको साथै धम्काएको छन्।

उनीहरुले सहकार्यमा सामाजिक कार्य काम गर्दै आएका थिए। मगरातीले आफ्नो आवाज निकायसम्म नपुराएको कारण श्रेष्ठले पार्टी छाड्छु भने पछि खटपट चलेको उनले बताए।

उक्त टेलिफोन संवाद पछि आफूमाथि भएको श्रेष्ठको व्यवहारले दुख लागेको बताए। उनले पटकपटक श्रेष्ठले धम्कि दिँदै आएको कारण अत्तिनै भएपछि फोन रेकर्ड गरेको उनको भनाई छ। उनले भने, ‘मलाई मात्र उनले सिङ्गो दलित समुदाय र मेरी आमालाई सराप्नु भएको छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू