“तिमी भएर” मा सुशान्त र वर्षाको रोमान्स ( भिडियो )

admin

काठमाडौँ : नेपाल आइडल सिजन १ मा उत्कृस्ट पाँचसम्मको यात्रा तय गर्ने एकमात्र महिला प्रतियोगी सुजाता पाण्डेले आफ्नो बिल्कुलै नयाँ गीत “तिमी भएर”को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्ने सुजाताले यसपटक रोमान्टिक भर्सनको तिमी भएर गीत सार्वजनिक गरेकी हुन् ।

यसघि आधुनिक र फिल्मका गीतमा समेत आफ्नो स्वर दिसकेकी गायिका पाण्डेले यसपटक गायक कमल खत्री सँग युगल गीत गायिकी हुन् । यस गीतमा शब्द र संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतको संगीत संयोजन बाबु प्रधानले गरेका हुन् । गीतको म्युजिक भिडियोमा नायिका तथा मोडेल वर्षा सिवाकोटी र मोडेल सुशान्त सिंह ठकुरीको अभिनय रहेको छ ।

सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् । जय शर्मा सहायक निर्देशक रहेको म्युजिक भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

ओ एस आर डिजिटलको च्यानल बाट सार्वजनिक गरिएको भिडियोलाई दर्शक, स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस गीतको म्युजिक भिडियोबाट आफु निकै आशावादी रहेको र दर्शक, स्रोता , मिडिया हाउस बाट सकारात्मक साथको अपेक्षा रहेको गायिका पाण्डेले बताएकी छिन । सुजाता पाण्डेलाई सांगीतिक यात्राको शुभकामना ।

प्रतिक्रिया