उपनिर्वाचनको तयारी पूरा

कृष्ण रोकाया

काठमाडौँ १२ मङ्सिर : कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी लगभग पूरा भएको छ । सो क्षेत्रका ८२ वटै मतदानकेन्द्रमा मतपेटिकालगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिसकिएको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराउनुभयो ।

 

 

मतदानअधिकृतसहित खटिएको टोलीले २०७४ सालपछि थपिएका नयाँ र छुट भएका मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र वितरण गरिरहेको छ । प्रत्येक निर्वाचन केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कार्यालय सहयोगी र एक सहयोगी गरी पाँच जनालाई निर्वाचनमा खटाइएको छ । यसका साथै, निर्वाचन टोलीलाई सहयोग गर्न चार जना स्वयंसेवक पनि छन् ।

यसैबीच, गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मौन अवधि दुरुपयोग गरेको सन्दर्भमा कतैबाट उजूरी नपरेको निर्वाचन कार्यालय कास्की प्रमुख सुवेदीले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू