स्वास्थ्यस्थितिबारे चासो राख्नेप्रति प्रधानमन्त्रीको धन्यवाद

कृष्ण रोकाया

काठमाडौँ १२ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जनाउनुभएको छ । आज सामाजिक सञ्जालमा ट्वीट गर्नुहुँदै उहाँले स्वास्थ्यस्थितिबारे चासो राख्ने र शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक धन्यवाद दिनुभएको छ ।

ट्वीटमा भनिएको छ, “बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद व्यक्त गर्दछु ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेखनीय सुधारको क्रम जारी रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू