अभियानबाट निस्केपछि पनि ज्ञानेन्द्र शाहीको ज्यान खतरामा छ : साजन विश्वकर्मा 

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ताहरु एक पछि अर्को गर्दै निष्काशित भईरहेका छन्। केहि समय अघि साजन विश्वकर्माले स्वतन्त्र अभियान भनिए पनि राजावादीको अभियान बन्दै गएको भन्दै अभियान छाडेका थिए। अब भने ‘नेपालका लागि नेपाली’ अभियानका अर्का अभियान्ता ज्ञानेन्द्र शाहीले अभियान छाडेका छन्। 

यसै सन्दर्भमा बोल्दै साजन विश्वकर्माले शाही अभियानबाट निस्किएसँगै उनको ज्यान खतरामा रहेको बताए। उनले भने, ‘शाहीले अभियानभित्र भएको गलत प्रवृतिको विरोध गरे अभियानमै भईरहेको आन्तरिक कुरा शाहीले बाहिर ल्याए भने उनीमाथि फेरी हमला हुन् सक्छ। चितवनमै पनि शाहीको हत्या गरी ‘नेपालको लागि नेपाली’ अभियानलाई राजाबादीहरु अझै शशक्त बनाउन चाहान्थे। उक्त अभियानको मुख्य उद्देश्य वर्तमान राज्य व्यवस्था ढालेर राजसँस्था स्थापित गर्नु मात्रै हो।’

उनले अघि भने, ‘नेपालका लागि नेपाली’को अभियान राजावादीकै अभियान थियो शुरु देखि नै त्यो अभियान जुन शाहीलाई पनि थाहाँ थियो। शाही मात्रै खेलका खेलाडी थिए। चितवनमै उनको हत्या चाहान्थे राजावादी त्यो चितवनमा नहुँदा उनीमाथि अभियानबाट वेवास्ता हुँदै गयो।’  

ज्ञानेन्द्र शाही केहि समय यता आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउदै आएका थिए । यसै अभियानको कार्यक्रम गर्दा उनीमाथि कहिले निर्घात कुटपिट त कहिले प्रहरीद्वारा पक्राउ परे। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू