विचारमा फरक आएपछि सल्लाहमै हामी छुट्यौ : बालकृष्ण न्यौपाने

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका सदस्य ज्ञानेन्द्र शाहीलाई अभियानबाट निष्काशित गरिएपछि अभियान्ता बाल कृष्ण न्यौपानेले यस बारे स्पष्टीकरण दिएका छन्। उनले राजसंस्थाको आवश्यकता नरहेको र गणतन्त्र नै चाहिने बताए पछि ज्ञानेन्द्र शाहीलाई अभियानबाट निष्काशित गरिएको जानकारी दिए।

शाहीको विचारमा फरक आएपछि सल्लाहमै अभियान शाहीले छाडेको उनको भनाई छ। उनले भने, ”देशको लागि र अभियानको लागि शाहीको योगदान ठुलो छ तर एउटै खोलाको दुईवटा धार भईसके पछि धार एक हुन् सक्दैन। हामी उनको विचारलाई सम्मान गर्छौ।”

अधिबक्ता न्यौपानेले शाहीको कमी अभियानमा हुने बताए । देशमा भईरहेको भ्रष्टाचार, बेतिथी हटाउन जापान र वेलायतमा जस्तै नेपालमा पनि राजसंस्था लागि आवश्यकता रहेको अभियान्ता बालकृष्ण न्यौपानेको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू