राजसँस्था पुर्नस्थापना भएपछि ज्ञानेन्द्र शाहीलाई युवा प्रधानमन्त्री बनाउँला : पशुपति खड्का

मनिषा थापा

पिएनपिखबर : ‘शाही युवा शक्ति नेपाल’का अध्यक्ष पशुपति खड्काले राजसँस्था पुर्नस्थापना गर्न र भ्रष्टाचार अन्त्य गर्नको लागि आफ्नो अभियानसँग जोडिन ज्ञानेन्द्र शाहीलाई आग्रह गरेका छन्। ‘नेपालका लागि नेपाली’ अभियानबाट निस्काशित भएपछि शाहीलाई उनले राजसँस्था पुर्नस्थापना गर्न अभियानमा लाग्न अपिल गरेका हुन्।

भ्रष्टाचारको अन्त्य गर्न पनि राजसँस्था नै आवश्यक रहेको उनको दावी छ। उनले भने, ‘संघीय लोकतान्त्रिक शक्तिले अत्यन्त भ्रष्टचार गरेका छन्। भ्रष्टाचारको अन्त्य हामी पनि चाहान्छौ जुन व्यवस्था ढालेर नै सम्भब छ। शाही युवा शक्तिसँग जोडिनु भयो भने राजसँस्था पुर्नस्थापना भएपछि बरु उनलाई युवा प्रधानमन्त्री बनाउला।’

यसको साथै उनले ज्ञानेन्द्र शाही ‘शाही युवा शक्ति नेपाल’सँग जोडिएको खण्डमा सुरक्षा दिने पनि बताए। जति राजाहरुलाई देशको चिन्ता छ त्यति वर्तमान सरकारमा नदेखिएको उनको धारणा छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू