काभ्रेको धुलिखेल २ मा नेकपाका कोइराला विजयी

राष्ट्रिय समाचार समिति

काभ्रे, १४ मङ्सिर : उपनिर्वाचन अन्तर्गत धुलिखेल–२ मा भएको निर्वाचनमा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा कोइरालाले आठ सय ६७ मत प्राप्त गरे । यस्तै कांग्रेसका दर्णबहादुर खत्रीले पाँच सय ८२ मत प्राप्त गरे । राजपा नेपालका कृष्णबहादुर तामाङले १५ र राप्रपा (संयुक्त)का बासु थापाले ६ मत प्राप्त गरे । जसमध्ये ३२ मत बदर भए ।


नेकपाका कोइराला, कांग्रेसका खत्री, राजपा नेपालका कृष्णबहादुर तामाङ र राप्रपा (संयुक्त)का बासु थापा प्रतिस्पर्धामा थिए। एक हजार ८ सय ७७ मतदाता मध्ये एक हजार पाँच सय ०२ मत खसेको थियो। सात सय ५८ महिला र सात सय ४४ पुरुष मतदाताले मतदान गरेका थिए। साबिक रविओपी गाविस फुटेर बनेको धुलिखेल २ मा नौ सय ४९ महिला र ९ सय २८ पुरुष मतदाता थिए।

प्रतिक्रिया