साग : पुरुष फुटबलमा भूटानविरुद्ध नेपालको जित

मनिषा थापा

काठमाडौं : दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा भूटानलाई हराउन नेपाल सफल भएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले ४–० गोल गर्दै भूटानलाई पराजित गरेको हो ।


खेलको पाँचौ मिनेटमा सुजल श्रेष्ठले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको ५० औं मिनेटमा सुजल श्रेष्ठ आफैले दोस्रो गोल गर्दै २–० ले अग्रता दिलाए ।

त्यस्तै खेलको ५५ औं मिनेटमा अभिषेक रिजालले अर्को गोल गर्न सफल बने, भने मिन्छेन तामाङले ७६ औं मिनेटमा गोल गर्न सफल बने । पहिलो खेलमा बंगलादेशलाई हराएको भूटानले भने गोल गर्न असफल भयो ।

प्रतिक्रिया