मकल बालेर सुतेका सुत्केरी आमा र नाबालक छोराको मृत्यु

मनिषा थापा

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको मृत्यु भएको हाे ।

राति मकल बालेर सुतेका आमाछोरा बिहान बोलाउँदा नबोलेपछि शर्मिलाका श्रीमान नवराज रञ्जितकारले प्रहरीलाई खबर गरेका थिए ।

सुत्केरी आमा र नाबालक छोराको अक्सिजन अभावमा मृत्यु भएको प्रहरीले आशंका गरेकाे छ । यद्यपी यसबारे प्रहरीले अनुसन्धानमै गरिरहेको बताएको छ । मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली समेत पुगेको छ।

प्रतिक्रिया