जाडोयाममा न्यायो कपडा समेत् नपाएका चेपाङबस्तीका लागि राहत लिएर पुगे युवा

मनिषा थापा

पिएनपिखबर : समाजसेवामा अग्रसर रहँदै आएको हन्ड्रेडस ग्रुप र नवजीवन परोपकार समाजले मकवानपुर जिल्ला मानोहरी गाउँपालिका वडा नम्बर ७मा कपडा वितरण गरेको छ। जाडोयाममा लत्ताकपडाको अभावले ज्यान जान सक्ने कारण उक्त अभियानकर्ताहरुले गत शनिबार लत्ताकपडा वितरण गरेको हो।

बस्नलाई उयुक्त बाँस, खानलाई गाँसको अभाब झेलिरहेका चेपाङ्बस्तीको लागि राहत लिएर गएको ‘हन्ड्रेडस ग्रुप’ र ‘नवजीवन परोपकार समाज’ले चेपाङबस्ति निर्माणको लागि पहल गर्दै आएको छ।

अरुको जग्गा कमाई गरी बसेका चेपाङहरु शिक्षा, स्वास्थ्य र आधारभुत आबश्यकताबाटै बन्चित बनेका र जनचेतनाको पहुच न्यून रहेको कारण अब जनचेतनाको कार्यक्रम अघि बढाउँन सरकारलाई पहल गर्नुपर्ने एक अभियान्ताले बताए।  

उक्त अभियानले राहात संकलन गरी १ वर्षको अन्तरालमा कम्तिमा १०० वटा घर निर्माण गर्ने लक्ष्य राखेको अभियानकर्ताहरुको भनाई छ। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू