गायक टेक बहादुर अधिकारीको नयाँ गीत ‘ओइ सानी’ युट्युबको ट्रेण्डिङमा

मनिषा थापा

काठमाडौं : गायक टेक बहादुर अधिकारीको नयाँ मौलिक दोहोरी  गीत सार्वजनिक भएको छ । गायक टेक बहादुर अधिकारी र गायिका सृजना खत्री हाउडेमायाको सुमधुर स्वरमा सजिएको ‘ओइ सानी’ बोलको म्युजिक भिडियो गएको बिहिवार सार्वजनिक भएको हो । 

यस गत्मिा गायक अधिकारीकै शब्द रहेको छ भने रेशम प्रधानको लय तथा एरेन्ज रहेको छ । यस गीत अहिले ट्रेण्डिङ भित्र पर्न सफल भएको छ ।  यस अघि  परदेशीको दशै, भाइ आयो लिनलाइ, हेर्छु लुकिलुकी जस्ता मौलिक गितहरु ल्याएका टेक बहादुर अधिकारीको यो नया गीत पनि निकै मनपराइएको छ ।

यस गितको भिडियोमा चर्चित हास्यकलाकार सुबोध गौतम र मोडल आयुश्मा कार्किको अभिनय रहेको छ । भिडियोमा युवराज खत्रीको निर्देशन रहेको छ । 

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया