प्रहरी पोस्ट उद्घाटन गर्न पुगेका नगर प्रमुख पुनले जनता झुक्याउदै पुल उद्घाटन गरे

admin
  • खगेन्द्र हमाल

सुर्खेत: नेकपाको पहलमा सुरु भएको गुर्भाकोट बोटेचौर ९ झोलुङ्गे पुललाई नेपाली कांग्रेसले आफ्नो पहलमा पूर्ण बाहदुर खडकाले बजेट विनियोजन गरेको भनि विभिन्न भ्रमहरु जनता माझ फैलाउदै पुलको उद्घाटन गरेको छ।कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिका वार्ड न ९ र ११ मा पर्ने आपसोती घुकुतिखोला जोड्ने झुलुङे पुललाई गुर्भाकोट नगरपालिकामा राजनीति गर्ने नेपालि कांग्रेसका नेता नगर प्रमुख हस्त पुन र उप प्रमुख मैना बिकले स्थानिय जनतालाई झुक्याएर झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।

मङ्सिर ३० गते बोटेचौर अस्थायी प्रहरी पोस्ट उद्घाटनमा नगर प्रमुख हस्त पुनले पुलको सार्वाजानिकीकरण गर्नु पर्ने भयको हुँदा सबैलाई उपस्थित हुन अनुरोध गरेका थिए।तर उनले प्रहरी पोस्टको साटो जनतालाई झुक्याएर पुल उद्घाटन गरि कांग्रेसको पहलमा पुल निर्माण भएको समेत विभिन्न सामाजिक संजालमा लेख्दै बोल्दै आएका छन्।

सुर्खेत क्षेत्र न , १ बाट सर्बदलिय एमाले बाट प्रतिनिधित्व गर्ने माननीय सांसद धुर्ब कुमार शाहीको पहलमा गुर्भाकोट नगरपालिका सहारेका पाराखेत ,रातामाटा ,पोखरा ,थक्लेनी झुलुङे पुल र आपसुती घुकुती खोला यी ३ पुल एकै समयमा सर्बेभै योजना मा परेको हुन् । साबिकको जिल्ला विकास समितिमा जिल्ला भरकै पुलको सर्वे गर्ने जिम्मा रहेको गैर सरकारी सस्था समृद्ध समाज बिकास केन्द्र ESDC ले गर्दछ । जसमा सिम्ता गाँउपालिकाका कविन्द्र केसी अध्यक्ष छन ।

हेल्बिटास सस्था को सहयोग बाट उल्लेखित दुई स्थानका पुल १२० मि भन्दा कम भयको हुदा उपभोक्त समिती मार्फत ३ बर्ष अगाडि नै सम्पन्न भै सकेका छन । दुई पुल १२० मिटर भन्दा लामो भयको हुँदा टेन्डर मार्फत गर्नु पर्ने भयकोले जिल्ला विकास समितिबाट टेन्डर समेत भयको थियो। मुलुकको सङ्घिय ब्यब्स्था पुनः संरचना को कारन समयमा सम्पन्न हुन सकेको थियन । साथै साबिक जिल्ला प्राबिधिक कार्यलय खारेज भयको हुँदा केही समय योजना अलपत्र परेको थियो।

गत बर्ष सङ्घिय माननीय तथा प्रदेश माननियको विशेष पहलमा बिभागबाट उक्त पुल निर्माणको लागि रकम सहित को फाईल गुर्भाकोट नगरपालिकालाई पठायको थियो ।र नगरपालिकाले पछिल्लो चरणमा कामलाई तीव्रता दिई हाल निर्माण कार्य सम्पन्न भयको हो। नेपालि कांग्रेसले सुर्खेतमा २२ बर्षस सम्म सुर्खेतमा एकलौटि राज गरेको थियो र त्यो बेला सम्म कुनै पनि पुलको कुरा उठेन ।नत विकासले नै गति लिन सक्यो।

जसले गर्दा जनतालाई वर पार गर्न निकै सास्ती समेत भोग्न परेको थियो। नेकपाले गरेको पुलको पहल र कार्यलाई कांग्रेसले कांग्रेस नेता तथा पुर्व मन्त्रि पूर्ण बाहादुर खडकाको पहलमा निर्माण भएको भन्दै जनतालाई झुकाउने गरेको छ । अहिले पुल निर्माण भएपछि भेरी वारि र भेरी पारिको जनतालाई आवत जावत मा सुबिधा भयको छ । अतः पुल निर्माण गर्नु राम्रो कार्य हो तर नेकपाको पहलमा सुरु गरिएका योजनालाई कांग्रेसले ल्यायो भन्दै नगर प्रमुख हस्त पुन ,नगर उप प्रमुख मैना बिकले जनतालाई झुक्याउनु र पुल देखाउनु कांग्रेसलाई लजास्पद विषय हो। ,

त्यति मात्र हैन गुर्भाकोटमा नेपालि कांग्रेसले नियम विपरित स्वास्थ्य कर्मचारीलाई कार्यस्थल पठाएको समेत समाचार बाहिर आएको छ । जसलाई उच्च अदालत सुर्खेतले बदर समेत गर्दीएको छ । त्यस्तै गुर्भाकोटका नगर स्वास्थ्य प्रमुख किरण ओली आफ्नो कार्यकक्षमा नबसी नेताका पछि लागेर सडक हेर्न र भोज भतेरमा जाने समेत गरेको जनताको ब्यापक गुनासो आएको छ।

प्रतिक्रिया