कुकुर मार्नेलाई सजाय हुनै पर्छ भन्दै जाहेरी दिन आफै पुगे अधिवक्ता

मनिषा थापा

पिएनपिखबर : कुकुर मार्नेलाई सजाय दिलाउन एक अधिवक्ता आफै जाहेरी दिन प्रहरी कार्यालयमा पुगेका छन्। दोषीलाई कारबाहीको माग राख्दै पटक-पटक उजुरी दिन गएपनि कुकुरलाई मारेको १० दिनभन्दा बढी वित्तिसक्दा पनि जाहेरी प्रहरीले लिन नमाने पछि अधिबक्ता पदम बहादुर श्रेष्ठ प्रहरी कार्यालय पुगेका हुन्।

गत पुष २१ गतेको दिन ८ वर्षिय बालकलाई कुकुरले टोक्यो। कुकुरले छोरालाई टोकेको देखेपछि उनका बाबु आक्रोशित हुँदै केहि सर्वसाधारणसँग मिलेर उक्त कुकुरलाई मारे। बालकलाई टोक्ने कुकुरको मालिक पत्ता नलागेपछि उनीहरुले उक्त कुकुर मारेका थिए । पशु अधिकारकर्मीले अमानवीयरुपमा पशु हत्या गरेको भन्दै जाहेरी दिन प्रहरी कार्यालय पुगे तर प्रहरी प्रशंसनले जाहेरी लिन माननेन्।

पिएनपिखबरसँगको कुराकानी गर्दै बरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले भने, ‘पशुमाथि अशैय व्यवहार मानवले गर्छ भने त्यो कानुनको नजरमा अपराध हो।पशुपन्छीलाई अमानवीय ढंगले मारेमा ३ महिना कैद वा ५ हजार रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने कानूनी व्यवस्था छ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू