रूस र चीनबीचको सम्बन्ध थप मजबुत गरिने : पुटिन

राष्ट्रिय समाचार समिति

मस्को, ३ मङ्सिर : रूस र चीनबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत हुनु विश्वव्यापी स्थायित्वका लागि आवश्यक रहेको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।

बार्षिकरूपमा हुने सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै नेता पुटिनले भन्नुभयो, “रूस र चीनबीचको सम्बन्ध मजबुत बन्दा यसबाट यी दुई समाजवादी मुलुकका जनतालाई फाइदा हुनुका साथै विश्वव्यापी आर्थिक तथा राजनीतिक स्थायित्वमासमेत महत्वपूर्ण योगदान पुग्नेछ ।”

उहाँले चीनसँगको सम्बन्ध बिस्तारलाई थप जोड दिँदै भन्नुभयो, “चीनसँग हाम्रो सहकार्य निकै महत्वपूर्ण छ । त्यसैलाई मध्यनजर गर्दै रूस र चीनबीच बहुआयामिक रणनीतिक सम्बन्ध बिस्तार गरिनेछ । मलाई विश्वास छ कि यसबाट चीन र रूसका जनतालाई फाइदा पुग्नेछ ।”

उहाँले भन्नुभयो, “रूस र चीनबीचको सहकार्यले अन्तर्राष्ट्रिय स्थायित्वमा महत्वपूर्ण प्रभाब पार्नेमा हामीलाई कुनै शङ्का छैन । यसले अन्तर्राष्ट्रिय कानून सुधारका क्षेत्रमा प्रोत्साहन गर्न सहयोग पुग्छ ।”

प्रतिक्रिया