शाहीको निमन्त्रणा – ‘घरमा सुतेर नबसौ, खुल्ला बहसमा आउनुहोस’

मनिषा थापा

पिएनपिखबर : अभियान्ता ज्ञानेन्द्र शाहीले राजधानीस्थित कमलपोखरीको प्रांगणमा ‘खुल्ला बहस’ कार्यक्रम गर्ने भएका छन्। बिहिबार संवाद चौतारीमा कार्यक्रम आयोजना गर्दै  शाहीले पौष ५ गते हुन् लागेको ‘खुल्ला बहस’ कार्यक्रममा आममानिसलाई भेला हुन् आग्रह गरेका हुन्।

उक्त कार्यक्रममा उनले देशमा भईरहेको भ्रष्टाचार, वेथिति, बेरोजगारीबारे छलफल गर्ने उल्लेख गरे। यसको साथै उनले देशको कानुन, देशको नीति, व्यस्था विकास विरोधी रहेकोबारे बहस गर्नु जरुरी रहेको बताए।

‘जनताको हित विपरित शासन गर्नेको खैरात छैन। अब देशको व्यवस्था फेरी कृषि क्रान्ति, घरघरमा रोजगारी, घुसको अन्त्य, निशुल्क शिक्षाको लागि लड्नुपर्छ, देशको मुहार फेर्नुपर्छ। चियापसलमा गफ गर्ने हैन अब देशको लागि केहि गर्ने बेला आएको छ।’ ,उनले भने।

खुल्ला बहसको साथसाथै रक्तदान कार्यक्रम पनि राखिएको उनले जनाएका छन्।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू