फागुनभित्र भूमिहीन सुकुम्वासीहरु जग्गाधनी प्रमाणपत्र पाउँछन् : मन्त्री अर्याल

राष्ट्रिय समाचार समिति

रत्ननगर, ५ पुस: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताउनुभएको छ ।

चितवनको खैरहनी नगरपालिका वडा नं १२ मा रहेको अन्नपूर्ण मध्यवर्ती सहकारी संस्थाको उद्घाटन गर्दै मन्त्री अर्यालले वर्तमान सरकार भूमिहीन सुकुम्वासी समस्या समधानका लागि आयोगमार्फत टुङ्ग्याउन लागेको बताउनुभयो । “अब बन्ने कानूनले सुकुम्वासी भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समधान हुँदैछ”, उहाँले भन्नुभयो ।

सरकारले भूमिहीन सुकुम्वासीलाई पहिलो नम्बरमा र अव्यवस्थित बसोबासलाई दोस्रो नम्बरमा राखेर समाधान गर्न लागेको मन्त्री अर्यालको भनाइ छ । उहाँका अनुसार अव्यवस्थित बसोबासलाई निश्चित रकम लिएर जग्गाधनी प्रमाणपत्र दिने व्यवस्था मिलाइँदै छ ।

प्रतिक्रिया