आज बर्षको सबैभन्दा छोटो दिन

admin

काठमाडौं, ६ पुस : आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ। आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ। पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो।

दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ। हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ। जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ।

हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन्। तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ।

प्रतिक्रिया