फरार कैदी १५ वर्षपछि पक्राउ

कृष्ण रोकाया

धनगढी ६ पुस : कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्ष छ महीना कैद सजाय पाएर कारागारबाट विसं २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । साउदले विसं २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेका थिए ।



अदालतको फैसलापछि दिलबहादुरलाई विसं २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो । तत्कालीन नेकपा(माओवादी)ले विसं २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार थिए ।रासस

प्रतिक्रिया