जेलभित्र झडप: १८ कैदीको मृत्यु, १६ घाइते

राष्ट्रिय समाचार समिति

तेगुसिगाल्पा, ६ पुस : जेलभित्र भएको झडपमा परी होन्डुरसमा कम्तीमा १८ जना कैदी मारिएका छन् । कैदी कैदीका बीचमा भएको झडपमा परी अरू १६ जना घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उत्तरी बन्दरगाह शहर तेलामा रहेको कारागारमा शुक्रबार कैदीहरूका बीचमा झडप भएको जनाइएको छ । घटनास्थल राजधानी तेगुसिगाल्पादेखि १९० किलोमिटर टाढा पर्दछ ।

राष्ट्रपतिका एक सहयोगीले कारागार प्रणालीलाई आफूहरूले पुनःसंरचना गर्न लागेको बताएका छन् । उनले त्यसका लागि हस्तक्षेप गर्न आवश्यक भएको धारणा राखे । होन्डुरसका कारागारहरूमा भीडभाडका साथ २१ हजार कैदीहरूलाई राखिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया