काठमाडौँ आइपुगेका भाइरल लिम्बु जोडी आर्थिक सहयोगको अपिल गर्दै

मनिषा थापा

पिएनपिखबर : “खाने मुखलाई जुँगाले छेक्दैन” भने जस्तै विवाह गर्नेलाई जन्म, मृत्यु र उमेरले रोक्दैन भन्ने भनाई छ। त्यस्तै उदारहणीय एक जोडी अहिले एकदमै भाइरल भईरहेको छ। उमेरमा धेरै अन्तर भएको कारण उनीहरुको दम्पति भाइरल बनेका हुन्।

६८ बर्षका वृद्ध मोहन लिम्बुले २१ वर्षिया युवतीसँग विवाह गरेपछि उनीहरुको चर्चा जताततै चुलिएको हो। उनीहरुको विवाह गर्नुपर्ने बाध्यता भएको बताउछन यी जोडी। आर्थिक अबस्था निकै नै कमजोर भएका वृद्धको घरमा दुई छाक खान पनि धौ-धौ छ। नातीनातिना भईसकेका ती वृद्धको श्रीमती नभएकोले गर्दा विजोक अबस्था भएकै कारण २१ वर्षिया पूजा लिम्बुसँग विवाह गरेका हुन्।

यता पूजाको पनि उस्तै पिडा थियो। उनको एउटा हात छैन। उनको मोहन दोश्रो श्रीमान हुन्। फरक क्षमता भएकै कारण उनका श्रीमानले उनलाई छाडेर गएपछि उनी एक्लो भईन। उनले साहरा पाउनको लागि विवाह गरिन। अहिले यो जोडी एकअर्काको साहारा बनेका छन्।

‘गरिबलाई नै बज्रपात’ भने झैँ आर्थिक अवस्था कमजोर भएका लिम्बुका ४० वर्षीय विरामी छोराको उपचार हुन् सकिरहेको छैन। उनलाई कलेजो, मृगौला र अल्सर सम्बन्धि रोग लागेको छ। उनको उपचारकै लागि अहिले यो जोडी राजधानी आएका छन्। उपचारको लागि डाक्टरले ३० लाख जम्मा गर्नुपर्ने बताएको पूजा सुनाउछिन्। उनले भनिन्, ‘३० रुपैयाँ नहुने हामी ३० लाख कसरी जुटाउने, हामीलाई सकेको सहयोग गर्दिनुहोस।’ उनको श्रीमानले पनि छोरालाई बचाउन देश देखि विदेशमा हुने मनकारी सहयोगी मनसँग अनुरोध गरेका छन्।

यसको साथै मोहनले केहि मिडियाले गलत प्रचार गरी कमाई खाने भाँडो बनाएको गुनासो पोखेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू