नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एकको मृत्यु

कृष्ण रोकाया

काठमाडौँ ८ पुस : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा आज बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गाडीको ठक्करबाट प्रदेश नं ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय अर्जुनबहादुर केसीको घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार श्रेष्ठका १४ वर्षीय छोरा अमिन भने सकुशल छन् ।

प्रहरीका अनुसार कलङ्कीतर्फ आइरहेको मोटरसाइकललाई सोही दिशातर्फ आइरहेको गाडीले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ । ठक्कर दिने गाडीको पहिचान नभएकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया