भोलि सार्वजनिक बिदा

admin

दाङ, ९ पुस : तुलसीपुर उपमहानगरपालिका दाङले पुस १० गते सार्वजनिक बिदा दिएको छ। खण्डग्रास सूर्यग्रहण लाग्ने दिने बिहीबार शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए।

तुलसीपुरका सम्पूर्ण क्याम्पस र विद्यालयमा बिदा दिइन लागेको हो। तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले ग्रहणको समयमा विद्यार्थीको आँखा र स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै विद्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरेको हो।

बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर ३१ मिनेटसम्म ग्रहण देखापर्ने भएकाले बिदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले बताए। खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ। नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्ने बताइएको छ।

प्रतिक्रिया