लायन्सले गर्‍यो खुल्ला रक्तदान कार्यक्रम

admin

पोखरा, १० पुस:  रक्तदान जीवनदान भन्ने कुरालाई आत्मसाथ गर्दै आज पोखराको पृथ्वीचोकमा करिब ५० जनाले रक्तदान गरेका छन् । लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटिले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

यी दुई क्लबहरु पछिल्लो समय समाजिक कृयाकलापमा दुतगतिमा लागीरहेका छन् ।गत साता मात्रै ब्लड क्यान्सर पीडित बिरामीको सहयोगार्थ सास्कृतिक कार्यक्रम आयोजना गरेको क्लबले एकै साता रक्तदान कार्यक्रम गरेको हो।

अत्याधिक चिसो मौसम अनि सुर्य ग्रहणका बाबुजुत पनि उल्लेखीय मात्रामा जन सभागिता भयकोमा अध्यक्ष लायन चेतन कार्कीले सबैलाई धन्यवाद दिय।रक्तदान कार्यक्रमका प्रमुख अतिथि क्याबीनेट सेक्रेटेरि लायन बिनोद ढुङ्गानाले कल्बले गरेको कामको प्रसम्शा गरेका थिए ।

प्रतिक्रिया