भारतीय अभिनेता कुशल पंजाबीले गरे आत्माहत्या

मनिषा थापा

एजेन्सी : भारतीय टिभी जगतका चर्चित अभिनेता कुशल पंजाबीको निधन भएको छ । भारतीय संचारमाध्यम अनुसार, ३७ वर्षका कुशलको शव बिहिबार राती घरभित्र झुण्डिएको अवस्थामा फेला परेको हो।

शुक्रबार दिउँसो १ बजे कुशालको अन्तिम संस्कार गरिने स्रोतले बताएको छ । रिपोर्टका अनुसार कुशाल डिप्रेशनबाट गुज्रिरहेका थिए । साथै उनको हेयर ट्रान्सप्लान्ट शल्यक्रिया गडबड भएको थियो ।

कुशलको मृत्युको खबर उनका मित्र अभिनेता करनवीर बोहराले आफ्नो सोसल मिडियामार्फत् दिएका छन् । करनवीरले लेखेका छन् – ‘तिमी गएको भन्ने खबर सुन्दा म स्तब्ध छु, मैले अहिलेसम्म पनि यो कुरा स्विकार गर्न सकेको छैन । मलाई थाहा छ तिमी यहाँभन्दा राम्रो स्थानमा छौं । तिमीले सधैं मलाई जीवनमा प्रेरणा दियौ। म सधैं तिमीलाई ‘डान्सिङ ड्याडी’को रुपमा याद गर्नेछु ।’

कुशालले एक डान्सर र मोडलको रुपमा मनोरञ्जन क्षेत्रमा कदम राखेका थिए । उनले आफ्नो टिभी करियरको शुरुवात सन् १९९५ मा रिलिज भएको ‘अ माउथ फुल अफ स्काय’ बाट गरेका थिए । त्यसपछि उनी ‘लभ म्यारिज’, ‘कसम से’, ‘देखो मगर प्यार से’, ‘डन’ सहित विभिन्न सिरियलमा देखिए । कुशालले बलिउडको पनि विभिन्न फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू