बलात्कार आरोपी ‘सिद्धबाबा’काे बयान सकियाे

admin

मोरङ, पुस ११ : २९ वर्षीया महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान सकिएको छ। सुनसरी जिल्ला अदालत इनरुवामा वादी र प्रतिवादीका अधिवक्ताहरुबीच गिरीको बयान लिइएको थियो। सो क्रममा आरोपित गिरीले उनीविरुद्धका आरोपलाई इन्कार गरेका छन्।

सरकारी वकिलको तर्फबाट नेतृत्व गरिरहेका गोकुल निरौलाका अनुसार आरोपितसँग जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेती इजलासमा बयान लिने काम सकिएकाे छ। विहान ११ बजे अदालतमा उपस्थित भएका गिरीको बयान लिने कार्य ३ बजेसम्म चलेको थियो। त्यसैगरी अब आइतबार बिहान १० बजेबाट थुनछेक बहस सुरु निरौलाले जानकारी दिए।

विराटनगरस्थित अस्पतालमा भर्ना रहेका कृष्णदासलाई एम्बुलेन्समा राखी अदालत उपस्थित गराइएको थियो। बयानका क्रममा पीडित महिलाको पक्षबाट उनकी दिदी अदालतमा उपस्थित रहेकी थिइन्। यसअघि थुनछेकका लागि न्यायाधीशहरु बिचमा गोला हानिएपछि गिरी उपरको अदालती प्रक्रिया अघि बढेको हो। गिरीको मुद्धा सुनसरी जिल्ला अदालतका मुख्यन्यायाधीश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ।

आरोपित गिरीको पक्षबाट बहसका लागि डा. रमेश पराजुली, सरोज गिरी, रुपेश कोइराला, दिनेशराज सत्याल, मोहन कोइरालाले तयारी गरेका छन्। यसैबीच अदालत परिसर बाहिर कृष्णदासको सर्मथनमा भेला भएका अनुयायीहरुले सीतारामको जप समेत थालेका थिए। त्यसैगरी, पीडित महिलाको पक्षमा समेत नाराबाजी सुरु भएको थियो। महिला अधिकारका क्षेत्रका कार्यरत संघसंस्थाको अगुवाईमा कृष्णदासलाई कार्वाहीको माग गर्दै नाराबाजी गरेका थिए।

प्रतिक्रिया