प्रहरी जवान कार्यालयकै शौचालयमा मृत अवस्थामा फेला

admin

मोरङ, पुस ११ : विराटनगरमा कार्यरत प्रहरी जवान सञ्जीव खड्का कार्यालयकै शौचालयमा मृत अवस्थामा भेटिएका छन्। शुक्रबार विराटनगरस्थित वडा प्रहरी कार्यालय ‘क’ मा कार्यरत प्रहरी जवान २८ वर्षीय खड्काको शरिर कार्यालयको शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको हो।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मृतक खड्काको शव शौचालयको ढोकाभित्रबाट चुकुल लगाएर मफ्लरले पासो लगाएको अवस्थामा फेला परेको हो। भोजपुर घर भएका खड्काको आत्महत्या भएको हुन सक्ने अधिकारीको भनाइ छ। घटनापश्चात कानुनी प्रक्रिया पूरा गर्दै शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ ।

मोरङको ईलाका प्रहरी कार्यालय उर्लाबारी दरबन्दी भएका खड्का पछिल्लो चारदिनदेखि वडा प्रहरी कार्यालयमा कार्यरत थिए। यसअघि, उनले उर्लाबारीमै कार्यरत रहेका बेला छातीमा गोली प्रहार गरेर आत्महत्याको प्रयास गरेका थिए। छातीमा चोट लागेका कारण उनलाई सो समय विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो ।

प्रतिक्रिया