रुकुमका ओलीको शव काभ्रेमा भेटियो

मनिषा थापा

काठमाडौं, १३ पुस : रुकुमको सानोभेरी गाउँपालिका–८ का ४८ बर्षीय प्रवीर ओलीको शव काभ्रेको चौरीदेउराली गाउँपालिका–५ बहालटोल भेटिएको छ। शनिबार दिउँसो बाटोमा पुरुषको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा मृतक ओलीको पहिचान भएको हो।

चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ओलीले शुक्रबार राति अत्याधिक मदिरा सेवा गरेको र चिसोका कारणले मृत्यु भएको बुझिएको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। ओलीलगायत १०/१२ जनाको समूह गएको मंसिर १५ गतेतिर मात्रै भूकम्पोत्तर पुनर्निर्माणमा ज्यामी काम गर्न चौरीदेउराली आइपुगेको थियो।

प्रतिक्रिया