नेकपा सचिवालय निर्णय : प्रदेश तीनको नाम बागमति र राजधानी हेटौँडा

मनिषा थापा

काठमाण्डौ : प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामसँगै स्थायी राजधानी अहिलेको अस्थायी राजधानी हेटौडालाई नै बनाउने निर्णय पनि गरेको हो।

समय अभावका कारण एक घण्टा मात्रै बसेर सकिएको बैठकमा सभामुख चयन तथा राष्ट्रियसभा निर्वाचनका बारे भने सामान्य छलफल मात्रै भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकमा एमसीसीका बारेमा छलफल हुने भनिएको भए पनि यो विषयमा पनि छलफल नभएको उनले जनाए। एमसीसीको बारेमा पार्टीको स्थायी कमिटी बैठकले यस अघि निर्णय गरे अनुसार नै सचिवालय बैठकमा पनि निर्णय हुने उनको भनाई छ।

बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, महासचिव पौडेल लगायत अन्य सचिवालय सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया