सेतु कुकुरको निर्मम हत्या गरिएको बाहिरियो सिसिटिभी फुटेज, हत्यारालाई कारबाहीको माग

मनिषा थापा

काठमाडौं : पशु अधिकारकर्मीले कुकुर हत्याका दोषीलाई कानुनी कारबाहीका लागि अगाडि बढ्दा प्रहरी देखि सरकारी वकिलसम्मले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा दश वटा पशु अधिकारमा सक्रिय संघसंस्थाले संयुक्त पत्रकार सम्मेलन गरी कुकुर हत्याका दोषीलाई कडा कारबाही गराएरै छाड्ने दृयटा व्यक्त गरेका हुन् ।

तिनकुने सुविधानगरस्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङमा विगत दुई वर्ष देखि बस्दै आएको सेत नाम गरेको कुकरको हत्या गरिएको एसपीसीए नेपालका अध्यक्ष विकेश श्रेष्ठले जानकारी दिए ।

शनिबार २१ मंसिरमा सेतुको हत्यामा संलग्न दोला बिगु गाउँपालिका घर भई काठमाडौं शान्तिनगर बस्दै आएका सञ्जीव ओली र उनकी पत्नी प्रीती शेर्पासहित सात जनाको समूहले हत्या गरेको श्रेष्यठको भनाई रहेको छ ।

घटनामा महानगरीय प्रहरी वृत वानेश्वरका दुई जना प्रहरी पनि संलग्न रहेको दाबी गरिएको छ । श्रेष्ठले भने,‘कुकुर हत्या सामान्य हो भनी प्रहरी देखि सरकारी वकिल सम्मले बेवास्ता गर्न खोजिएकाले गम्भीरताका साथ कानुनी उपचारका लागि लागेका छौं ।’

घटना घटेको तेश्रो दिन महानगरीय प्रहरी वुत्त बानेश्वरमा सेतु मारिएकोबारे उक्त भवनका केही बहालवाला व्यवसायीहरु मिली निवेदन दिइएको एसपीसीए नेपालका अध्यक्ष श्रेष्ठले बताए । उनले घटनाका दोषीमािथ कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरे । निवेदकहरुलाई सेतुको मालिक नएको कारण उल्टो गालि र हप्किदप्कि गरी पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

एसपीसिए नेपालका संयाजक विकेश श्रेष्ठले सेतुबाहेक अरु कुकुरहरु अत्याधिक मात्रामा मरिरहेको र यसबारे कसैको ध्यान नपुगेको बताए । उनले भने, ‘प्रहरीले हामीलाई मिलापत्र गर्नृुस् भन्नुभयो । कुकुर मरेको कुनै ठूलो विषय नभएको उनलाई प्रहरीले बताए ।’प्रहरीद्धारा निवेदन अस्वीकार गरेपछि सबिना आपागाईँले सेतु मारिएको घटनालाई आफ्नो सामाजिक संजाल माफर्त सार्वजनिक गरेकी थिइन् । सार्वजनिक गरिएपछि गैर सरकारी संस्था एसपीसिए नेपालको ध्यानाकर्षण पुगेको बताइयो । सो पोस्टलाई एसपीसिए नेपालले समेत आफ्नो सामाजिक संजालमा पोस्ट गरेका थिए ।

२४ मंसिर मंगलबार उक्त घटनालाई एसपीसिए नेपाललगायत नौ वटा गैर सरकारी पशु कल्याणकारी संस्थाले जाहेरी दिन प्रहरी वृत्त पुगेका थिए । प्रहरीद्धारा सो निवेदन दर्ता गर्न नमानिएपछि मिलापत्र गर्न सुझाव दिइएको जनाइयो ।

प्रहरीले निवेदन दर्ता नगरेपछि मंसिर २९ गते संस्थाहरु सरकारी वकिल पुगेको एसपीसिएका श्रेष्ठले जनाए । सरकारी वकिल चन्द्र कान्त खनालले पनि सो घटना अध्ययन गर्न एक महिना समय लाग्ने भनिएको बताइयो । संस्थाहरु सरकारी वकिलको कार्यलय बारम्बार धाउँदा उनीहरुलाई फर्कोइएको श्रेष्ठले जनाए । त्यसपछि संस्था माहान्यायाधिवक्ता श्री अग्नी प्रसाद खरेल कहाँ पुग्दा सरकारी वकिलको काममा हस्तक्षेप गर्न नमिल्ने बताएर फकाइएको श्रेष्ठको भनाई छ ।

मुलुकी अपराध संघियता २०७४ को दफा २९० अनुसार पशुपंछीप्रति निर्दयी व्यवहार गनृ नहुने र सो गर्ने वा गराउनेलाई तीन महिना सम्म कैद वा पाँच हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था नेपाल सरकारले गरेको अधिवक्ता पदमबहादुर श्रेष्ठको भनाई छ । उक्त धारा अनुसार अभियुक्तलाई कारवाही हुनु पर्ने भन्ने कुराको माग कल्याणकारी संघहरुको माग रहेको छ । यसो गर्नाले सेतु जस्तै लाखौँ अरु निर्दोष पशुहरु प्रति भविष्यमा हुनसक्ने हिंसा न्यूनीकरणमा ठूलो योगदान पुग्ने अधिवक्ता श्रेष्ठले बताए ।

कार्यक्रम गैर सरकरी पशु कल्यानकारी संस्था एसपीसिए नेपाल, एनिमल नेपाल, श्री नेपाल रेस्क्यू एनिमल नेपाल, प्रोजेक्ट ह्यूमन नेपाल, स्नेहा केयर, नेपाल भेजिटेरियन एसोसिएसन, गाई बाछा बचाउ अभियान, द जेन गुडअल इन्सटिटियूट नेपाल, फर केयर र टुगेदर फर पजद्धारा संयूक्त रुपमा पत्रकार सम्मेलन गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित समाचारहरू