त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघले गरे तोडफोड

admin

काठमाडौं, पुस १३: नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन्। नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले उपकुलपतिको कार्यकक्षमै तोडफोड गरेको हो।

तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ। राजनीतिक नियुक्ति, स्ववियू चुनाव, त्रिवि भित्रको प्रहरी चौकी लगायतका विषयमा ध्यानाकर्षण गराउने क्रममा उपकुलपतिले पार्टीको दबाब छ भनेपछि तोडफोड गरेको सचिव रावलले बताए।

नेविसंघले आगामी फागुन १४ गते तोकिएको स्ववियू चुनावको कार्यतालिका सार्वजनिक गर्नु पर्ने, त्रिवि भित्रको प्रहरी चौकी हटाउनु पर्ने, राजनीतिक नियुक्ति गर्न नहुने लगायत माग राख्दै आएको छ।

प्रतिक्रिया