काेठाभित्र वीस वर्षीया नर्स मृत फेला

admin

धनगढी, १४ पुस : कैलाली जिल्लाकाे धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छिन् ।

धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिकै डेरा गरी बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१० कि २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

उनकाे के कारणले मृत्यु भएकाे हाे खुल्न सकेकाे छैन । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरू गरेकाे जनाएकाे छ ।

प्रतिक्रिया