अन्तत सुरेन्द्र भण्डारीले भने, ‘हामी राजसँस्थाको पक्षमा छौ’

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका मुख्य पात्र डा. सुरेन्द्र भण्डारीले हालै खुलेरै राजसँस्थाको समर्थन गरेका छन्। उनको अभियानद्वारा आयोजित पाटनस्थित शान्तिपूर्ण कार्यक्रममा आफु राजसँस्थाको पक्षमा रहेको भण्डारीले बताएका हुन्।

उनले जनताको हितको लागि केहि गर्न नसक्ने सरकारलाई त्यागेर राजसँस्थालाई स्थापित गर्नुपर्ने बताए। उनले भने, ‘सुशासन र भ्रष्टाचारको अन्त्य गर्न संसदबाट छानिएको राजा चाहिन्छ। हामी कुनै व्यक्तिको पक्षमा छैनौ, राजसंस्थाको पक्षमा छौ।’

उनले अघि भने, ‘गणतन्त्रलाई जनताले रुचाएका छन् भने सरकारले जनमत संग्रहको घोषणा गर हामी निर्णय मान्न तयार छौ। यदि यो मान्य छैन भने हामी नागरिक आन्दोलन गर्छौ। राजसँस्था सहितको लोकतन्त्रको स्थापना गर्छौ।’

भण्डारीले संघियता, गणतन्त्र र धर्म निरपेक्षको खारेजी ‘नेपालका लागि नेपाली’ अभियानको प्रमुख माग रहेको बताए। उनले कार्यक्रमबाटै ‘नेपालको लागि नेपालीको एजेन्डा’लाई विश्वास गरी मुलुक बचाउन लाग्न आग्रह गरेका छन्।

यस अघि भने भण्डारीले खुलेर राजसँस्था बारे जिकिर गरेका थिएनन्। गत महिनामात्रै ज्ञानेन्द्र शाहीलाई विचारमा परिवर्तन आएको भन्दै ‘नेपालका लागि नेपाली’ अभियानले अभियानबाट निष्काशित गरेको थियो। यता अभियान्ता ज्ञानेन्द्र शाही भने अभियानका केहि पात्रले स्वार्थको राजनीति गरेको र राजावादीको पक्षमा अभियान लागेको बताउँदै आएका छन।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू