भक्तपुर: राष्ट्रिय प्रजातन्त्र पार्टि भक्तपुरका संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्र प्रताप शाहको पाचौ वार्षिक स्मृति सभा सम्पन्न भएको छ । राप्रपा (संयुक्त) जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न सभामा बोल्नु हुँदै पार्टिका केन्द्रीय अध्यक्ष प्रकाशचन्द्र लोहनीले सुरेन्द्र प्रताप शाह पार्टि प्रति इमानदार र लगनशील व्यक्ति भएको र भक्तपुरका सम्पूर्ण कार्यकर्ता इमानदार भएकोमा आफु ढुक्क भएको बताउनुभयो ।
यस्तै अध्यक्ष पशुपति शमशेर जबराले सुरेन्द्र प्रताप शाहले सिङ्गो पार्टी पंक्ति र भक्तपुर जिल्लाको विकासको लागि दिएको योगदान सम्झदै भक्तपुर क्षेत्र नम्बर १ क प्रदेशमा भएको उपनिर्वाचनमा बिजयी कृष्णलाल भडेललाई सुभकामना व्यक्त गर्नुभयो।
आगामी दिनमा पनि प्रजातान्त्रिक एकताले निरन्तरता पाउने बताउदै उहाले अहिलेको सरकार विभिन्न काण्डमा मुछिएको भन्दै भ्रस्टाचार संस्थागत गर्न यो सरकार लागिपरेको आरोप लगाउदै यसको बिकल्पमा वैकल्पिक शक्तिको रुपमा राप्रपा संयुक्तलाई देशैभरिका जनताले साथ दिनेमा विश्वस्त रहेको बताउनुभयो।
कमलविनायकको स्टार बैँक्वेटमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, प्रदेश सभा सदस्य कृष्णलाल भडेल लगायतका वक्ताले स्वर्गीय सुरेन्द्र प्रताप भक्तपुरको विकासको आयाम भएको र उहाँले पटकपटक जिल्ला विकास समिति भक्तपुरको सभापति हुँदा सिङ्गो जिल्लाको विकासको लागि महत्वपूण योगदान पुर्याउनुभएको बताएका थिए ।