हेलचक्र्याइँ गरे रुघाखोकीले लान्छ ज्यान

admin

काठमाडौं, पुस १५ : डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रुपमा लिए। ज्वरो बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत बिहीबार उनको मृत्यु भयो।

उनको मृत्युको मूल कारण भाइरल रुघाखोकी लाग्दा पनि हेलचेक्रयाइँ गरी ढिलो उपचारमा पुग्नु रहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्। चिकित्सकका अनुसार उपचारमा ढिलाइ भएपछि संक्रमणका कारण उनका धेरै अंग फेल भएका थिए।

भाइरल रुघाखोकीमा हेलचेक्रयाइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्का एकजनाको मृत्यु भएको अस्पतालले जनाएको समाचार नागरिक दैनिकमा छ। नेपालमा प्रदूषण तथा फोहोरका कारण भाइरल संक्रमण सजिलै निमोनिया र सेप्सिसमा पुग्ने गरेको चिकित्सकहरुको भनाइ छ।

प्रतिक्रिया