झट्ट हेर्दा शुभकामनाको म्यासेज जस्तो देखिने भाइरसले मच्चायो तहल्का

मनिषा थापा

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । तपाईंको फेसबुक म्यासेन्जरमा पनि साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला । साबधान ! यस्ता म्यासेज नभई (भाइरस) भएको फेसबुकले जनाएको छ ।

म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो । प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् । झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ गइरहेको हुन्छ ।

म्यासेन्जरमा यसरी आएको म्यासेजले व्यक्तिगत रुपमा फेसबुक ह्याक हुनका साथै अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना अधिक रहेको कारण झुक्किएर पनि यस्तो लिङ्क खोल्न नहुने जनाइएको छ। यस्ता म्यासेज देख्ने बित्तिकै नखोली डिलेट गर्न फेसबुकले सुझाव दिएको छ।

प्रतिक्रिया