सावधान ! विद्युतीय हिटर प्रयोग गर्दा जान सक्छ ज्यान, सचेत बनौ

मनिषा थापा

जाडो महिना लागेसंगै विद्युतीय हिटरको प्रयोग ह्वात्तै बढेको छ । तर, हिटरबाट हुने दुर्घटना पनि भएका छन् । हिटर प्रयोगमा सावधानी नअपनाए ज्यानै जान सक्ने जानकारहरु बताउँछन् ।

झ्याल ढोका बन्द गरेर हिटर मकाल बालेर सुत्दा अक्सिजन घटेर कार्बोन डाइअक्साइड, कार्बोन मोनोअकसाइड तथा हानिकारिक तथा विषालु किटाणुहरु जम्मा हुन्छ । र, अक्सिजन कमी हुने चिकित्सक बताउछन् ।

हिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने सावधानीहरुः
१. हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुपर्छ ।
. हावा पास नहुने ठाउँमा हिटर बाल्नु हुदैन ।
मुटु रोगी तथा श्वासप्रश्वासका रोगीले हिटर प्रयोग गर्नु हुँदैन ।

३. लामो समय हिटर प्रयोग गर्दा छालामा समस्या आउने हुदा हिटर नजिक धेरै बस्नु हुदैन ।
सुत्ने बेलामा हिटर बालेर सुत्नु हुदैन हिटर कोठामा खुल्लै पारेर कतै हिड्नु पनि हुदैन ।
आगोबाट जल्ने कुराहरु र बालबालिकाबाट हिटरलाई टाढै राख्नुहोला ।

प्रतिक्रिया