ह्वातै बढ्यो सुन-चाँदीको भाउ

मनिषा थापा

काठमाडौँ : आज साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ। आज तोलामा २ सयले बढेर सुनको भाउ प्रतितोला ७३ हजार ५ सयमा कारोबार भईरहेको छ। हिजो भने छापावाल सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया