अत्यधिक चिसोले कठ्यांग्रिएर तराईमा ४ जनाको मृत्यु

मनिषा थापा

काठमाडौं : लगातार बढेको चिसो र सितलहरका कारण तराईमा कठ्यांग्रिएर अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् । ज्यानजानेमा तराईका धनुषा, पर्सा र बाराका रहेका छन् । तराइमा अत्यधिक चिसो बढेपछी जनजिवन प्रभावित भएको छ ।


बाक्लो हुस्सुले घर वाहिर निस्कन र दैनिकी काम गर्न पनि समस्या भएको छ । कतिपय जिल्लामा अत्याधिक चिसोले विद्यालय पनि केही दिनका लागि बन्द गरिएका छन् । चिसोले जनकपुर उपमहानगरपालिका २३ की ४४ वर्षीया सुनितादेवी कापडी र बाराको जीतपुरसिमरा उपमहानगरपालिका(२३ का ५५ वर्षीय स्माइलमेहा मन्सुली रहेका छन् ।

ज्या नगुमाउने बारा र पर्साका दुई जनाको भने नाम खुलेको छैन । केहि साताअघिदेखी तराईका धेरै स्थानमा बाक्लो हुस्सु लागेको छ । चिसोले ज्यान गुमाएका उनीहरुको शब पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाइको छ ।

 

प्रतिक्रिया