फिनल्याण्डका मन्त्री भन्दै नेपालका टिकटक कलाकारको तस्विर भाइरल

मनिषा थापा

काठमाडौँ : भारतीय सामाजिक संजालले फिनल्याण्डको नवनियुक्त मन्त्री भन्दै नेपाली टिकटक कलाकारहरुको तस्विर राखी प्रचार गरेको पाइएको छ।

टिकटकका चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडा तथा दीपा र दमन्ता श्रेष्ठसँगै बसेको तस्वीरलाई भारतीयहरुले फेसबुक र ट्वीटरमा फिन्ल्याण्डको नवगठित मन्त्रीमण्डलका सदस्यहरु भन्दै शेयर गरेका हुन् ।

फिनल्याण्डमा हालै संसारकै कम उमेरकी प्रधानमन्त्रीको रुपमा ३४ वर्षीया सान्ना मरिन सत्तासिन भए देखि संसारभर नै उनको चर्चा छ। मरिनले गठन गरेको पाँच सदस्यीय क्याबिनेटमा ३५ वर्षभन्दा कम उमेरकै चार जना मन्त्रीहरु रहेका छन् ।

उक्त तस्विर गलत क्याप्सनसहित् भाइरल भएपछि फिनल्याण्डका राजनायिक अन्ना- कैसा हेईक्केनेनले आफ्नो ट्विटमा गलत प्स्परचार गरिएको भन्दै स्पष्ट पारेका छन्। उनले फिनल्याण्ड सरकारले जारी गरेको वास्तविक तस्विर ट्वीट गरेका छन्।

फिनल्यान्डका चार कम उमेरका महिला मन्त्री भनेर एक फोटो भाइरल भइरहेको जसमा चार जना सुन्दर युवती उभिएका छन्। तर भारतीय सामजिक सञ्जालमा भने नेपाली टिकटक जुम्ल्याहा दिदीबहिनीको तस्वीरमा ती मन्त्रीहरुको नाम र पद उल्लेख गरेको छ।

 

प्रतिक्रिया