नयाँ वर्षमा एनसेलको नयाँ अफर

admin

काठमाडौँ :  एनसेलले नयाँ वर्ष २०२० का अवसरमा आफ्ना ग्राहकहरुका लागि डेटा प्याकमा ५० प्रतिशत छुटको अफर ल्याएको छ। जनवरी १ का दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन्।

जस अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याक पाउने कम्पनीले जनाएको छ। यस्तै योजना अन्तर्गत ग्राहकले करसहित एक हजार २०.२४ रुपैयाँ पर्ने १६ जिबी प्याक करसहित मात्र रु पाँच सय १०.१२ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार ग्राहकले करसहित चार सय ५३.३० रुपैयाँ पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहितमात्र दुई सय २६.६५ रुपैयाँमा सुचारु गर्न सक्नेछन्। ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५० ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया