देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

मनिषा थापा

काठमाडौँ : आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।


यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका एक–दुई स्थानमा हल्का वर्षा हुने मौसमविदले बताएका छन् ।
राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

मौसम बदली भएकाले न्यूनतम तापक्रम केही बढेको छ । बिहीबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको छ ।

तीन दिनको मौसम पूर्वानुमान

पुस १७ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।

पुस १८ गते (शुक्रबार)

दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

पुस १९ गते (शुनिबार)
दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया