- खगेन्द्र हमाल
स्याङ्जा : हरिनास गाउँपालिका वडा न: ७ खत्री थोकका नेपाली काङ्ग्रेस का नेता जंग वहादुर क्षेत्रीले सोही वडामा बस्ने एकजना महिलालाई मिति २०७६ साल पौष १४ गते रातिको ११ बजेको समयमा उनको घरमा गएर ढोका खोल्न अनुरोध गर्दै महिला माथी ज.ब.ज.गर्ने उद्देश्यका साथ पुगेपछि पिडित महिलाले गुहार गुहार भन्दै ठूलो स्वरमा चिच्याएपछी नजिकका छिमेकीहरु पीडित महिलाको घरमा गएपछि निज काङ्ग्रेस नेतालाई लखेटेर भगाएछन।
उक्त पीडित महिलाले आज बिहान प्रहरी कार्यलय चिसापानीमा उजुरी दिएपछि उक्त पिडत भनिएका काङ्ग्रेस नेता क्षेत्रीलाई प्रहरी कार्यलय चिसापानीले पक्राउ गरेको छ। पिडत क्षेत्रीको बारेमा स्थानीय गाउबासिहरुको भनाई अनुसार उनले यस्तो हर्कत गरेको पहिलोपटक मात्र नभएर तेस्रो पटक हो।
स्थानीयले भने पहिलो पटक पनि जंग बहादुरले यस्तो हर्कत गर्दा सबै गाउँलेहरु मिलेर यो बिषयलाई ५००० रुपयामा मिलाएका थियौ।पुन दोस्रो पटक पनि यस्तै प्रकारको हर्कत गर्दा हामी सबै समाजले अब अन्तिम पटकको लागी यिनलाई माफी दिनुपर्छ।
यस्ता गल्तिहरु फेरि दोहरिएमा हदैसम्मको सजाय दिने भनेर १०००० रुपैयाँमा यो घटनालाई मिलायौ।फरक-फरक महिलामाथि पटकपटक यसरी तेस्रोपटक अाक्रमण भए पछि यिनलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताका साथ निज पीडित महिलाले प्रशासनमा उजुरी दिएकी हुन।
पिडक भनिएका नेता क्षेत्री यतिबेला हरिनास २ को ईलाका प्रहरी कार्यालय चिसापानीको नियन्त्रणमा रहेकोे र प्रहरीले तत्काल छानबिन गरि दोषिमाथी कारबाही गर्ने प्रतिबद्धता जनाएको त्यहाँका स्थानीय वासिले जानकारी दिए।